रेखाले गरिन विवाह

 फागुन ०२, २०७८

काठमाण्डौं । अभिनेत्री रेखा थापाले विवाह गरेकी छिन् । उनले जाजरकोट निवासी बलराम शाही ठकुरीसँग विवाह गरेकी हुन् । १ वर्षदेखि चिनजानको दुवैले वैवाहिक सम्बन्धमा परिणत गरेका हुन् । रेखाले अदालतमा दुई हप्ताअघि कोर्ट म्यारिज गरेको पुष्टि गर्दै यो आफ्नो नितान्त व्यक्तिगत कुरा भएकाले सार्वजनिक गर्न नचाहेको बताइन् ।

बलराम शाही इजरायलमा बसोबास गरिरहेका छन् । उनी पर्यटन व्यवसायी हुन् । रेखाको पहिलो विवाह निर्माता छविराज ओझासँग भएको थियो । १० वर्षअघि उनले छविसँग सम्बन्ध विच्छेद गरेकी थिइन् ।

तपाईंको प्रतिक्रिया