कलाकार जयनन्द लामाको निधन
वरिष्ठ लोकगायक जयनन्द लामाको निधन भएको छ । बुधबार बिहान भक्तपुरस्थित कौशलटारमा लामाको निधन भएको हो । कलाकार कृष्ण मल्लका अनुसार आज विहान २ बजे घर अगाडि गाडीबाट ओर्लिने क्रममा लामा लडेका थिए । सोही क्रममा उनको निधन भएको मल्लले जानकारी दिए ।
सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका– २ धार्पाका लामाले एक सयभन्दा बढी चलचित्रमा अभिनय गरेका थिए । उनले कयौं टेलिश्रृखंलामा पनि अभिनय गरेका थिए । लामाले २०३० सालमा मनको बाँध चलचित्रमा पहिलो पटक अभिनय यात्रा सुरू गरेका थिए। लामाकाकलकत्ते काइँयो, मुलाको चानालगायतका गीत नेपाली संगीत बजारमा चर्चित छन् ।




तपाईंको प्रतिक्रिया