ओली भेट्न देउवा बालकोटमा

 फागुन १३, २०७८

तुलसीपुर । अमेरिकी सहयोगको एमसीसी सम्झौता संसदबाट पारित गराउन जोडबल गरिरहेका प्रधानमन्त्री शेरबहादुर देउवा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन् । देउवा र ओलीबीच केही दिनयता भइरहेको छलफलकै निरन्तरताका लागि बालकोटमा भेटवार्ता हुने जनाइएको छ ।


यसअघि सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र कार्की बालकोट पुगिसकेका छन् । देउवाले एमसीसी पारित गर्न ओलीसँग सहयोग मागिरहेका छन् भने ओलीले संसदको गतिरोध अन्त्यका लागि एमालेका माग पूरा हुनुपर्ने शर्त राखेका छन् ।

तपाईंको प्रतिक्रिया