अनेरास्ववियु तुलसीपुरको अध्यक्षमा खनाल

 फागुन १३, २०७८


तुलसीपुर । अनेरास्ववियु तुलसीपुर नगर कमिटीको प्रथम अधिबेशन आज तुलसीपुरमा सम्पन्न भएको छ । अधिबेशनले अंकित खनालको अध्यक्षतामा ३५ सदस्यीय नगर कमिटी चयन गरेको छ । जस्को उपाध्यक्षमा इश्वर ओलि,सचीवमा कबि सेन ठकुरी, सहसचिवमा अदिम केसी, पुष्पा राणा, पाेषण खड्का र काेषाध्यक्षमा अस्मिता भण्डारी चयन भएका छन ।

त्यसैगरि संगठन विभागमा राेशन प्रताप सिह, महिला बिभागमा पुनम बुढा, प्रशिक्षण बिभागमा आर्जन बस्नेत, शैक्षिक बिभागमा बालेन खड्का, खेलकुद बिभागमा प्रदिप ओलि, अखिल फोर्स बिभागमा शिशिर बस्नेत, सास्कृतिक बिभागमा पदम कार्की र संघसंस्था बिभाग प्रमुखमा देव बहादुर ओलिलाई चयन गरिएको छ ।

तुलसीपुर नगर कमिटीका इन्चार्ज दिनेश रावतको अध्यक्षता एवं नेकपा एमाले दाङका अध्यक्ष हुकुम बहादुर बस्नेतको प्रमुख आतिथ्यतामा सम्मेलन भएको थियो । त्यस अबसरमा अनेरास्ववियु दाङ ईन्चार्ज बिरबल खड्का , एमाले जिल्ला कमिटी सदस्य मान बहादुर रावत लगायतकाले बालेका थिए ।

तपाईंको प्रतिक्रिया