दंगीशरणमा अनेरास्ववियुकाे प्रथम बैठक सम्पन्न

 फागुन १३, २०७८


तुलसीपुर । अनेरास्ववियु दंगीशरण गाउँ कमिटीकाे प्रथम बैठक सम्पन्न भएको छ । गाउँ कमिटीकाे प्रथम बैठकले विभिन्न विभागीय प्रमुख चयन गरेको छ । जस अनुसार महिला विभाग प्रमुखमा विन्दु याेगी,संगठन विभाग प्रमुखमा मिना भण्डारी , अनुशासन विभाग प्रमुखमा अनन्त किरण शर्मा, सांस्कृतिक विभाग प्रमुखमा काेमल वलि, शैक्षिक विभाग प्रमुखमा सुधा याेगी , प्रचार विभाग प्रमुखमा निशा चाैधरी, खेलकुद विभाग प्रमुखमा प्रेम याेगी चयन भएका छन ।

अनेरास्ववियु गाउँ कमिटी अध्यक्ष खुसीराम चाैधरीकाे अध्यक्षता तथा अनेरास्ववियु केन्द्रीय सदस्य गाेपाल रेग्मीकाे प्रमुख अातिथ्यतामा सुरु भएको बैठकमा एमाले जिल्ला कमिटी सदस्य एम. एन.शाह,अनेरास्ववियु जिल्ला कमिटी सदस्य सि.एम विश्वकर्मा , गंगाराम डाँगीले बाेलेका थिए । गाउँ कमिटी सदस्य विन्दु याेगीकाे स्वागतबाट सुरु भएको बैठककाे संचालन सदस्य काेमल वलिले गरेकि थिइन ।

तपाईंको प्रतिक्रिया