पलमाथि अनुसन्धानका लागि सात दिनको म्याद थप
काठमाडौं । बलात्कारको आरोप लागेका अभिनेता पल शाहलाई तनहुँ जिल्ला प्रहरी कार्यालयले सात दिन म्याद थप गरेको छ । थप अनुसन्धानका लागि भन्दै प्रहरी सात दिन समय थप गरेको हो। चार दिन अघि शाहविरुद्ध एक गायिकाले बलात्कारको आरोप लगाउदै तनहुँ जिल्ला कार्यालयमा उजुरी दायर गरेकी थिइन् । उनैको उजुरीको आधारमा प्रहरी उनलाई पक्राउ पुर्जी काटेको थियो ।
शाह आज तनहुँ प्रहरी नियन्त्रणमा आएका हुन् । उनी आफै प्रहरी कार्यालयमा उपस्थित भएका थिए । शाह अहिले हिरासतमा छन् ।




तपाईंको प्रतिक्रिया