मेयर दिगो उद्यमशीलता बुट क्याम्प सकियो

 फागुन १९, २०७८

दिवस रेग्मी, तुलसीपुर ।  मेयर दिगो उद्यमशीलता बुट क्याम्प तुलसीपुरमा सम्पन्न भएको छ । युवा युवतिलाई उद्यमशील बनाएर तुलसीपुरलाई उद्यम सहरका रुपमा विकास गर्ने उद्देश्यले क्याम्प संचालन गरिएको थियो । ग्रिन फाउण्डेसन नेपाल दाङका अध्यक्ष बिष्णु केसीको अध्यक्षतामा तथा तुलसीपुर उपमहानगरपालिका प्रमुख घनश्याम पाण्डेको प्रमुख आथित्यमा भएको क्याम्पमा पारिवारिक निज वन संघका उपाध्यक्ष मेघराज भुसाल, तुसीपुर उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष मिनराज भण्डारी, स्थानीय वन महासंघ तुलसीपुरका अध्यक्ष चन्द्र बहादुर वली र सहभागीको तर्फबाट उद्यमि समुह मट्का चिया घरका संचालक सन्दिप भुुसाल लगायतकाले बोल्नु भएको थियो ।

तीन दिनसम्म संचालन भएको तालिममा प्रशिक्षक फेयर ट्रेड गुरुप नेपालका अध्यक्ष सुनिल चित्रकार र वासुदेव घिमिरेले उद्यम संचालन गर्दा बजारको मागलाई सुक्ष्म ढङ्गले अध्यन गर्नुपर्ने, उत्पादित बस्तुको गुणस्तरियतालाई ख्याल गर्नुपर्ने, हस्तकलाका सामाग्री तयार गर्दा प्राकृति पन नस्ट नहुने गरि निर्माणमा ध्यान पुर्याउनु पर्ने, लगाएतका विषयमा प्रशिक्षण दिनुभएको थियो ।
कार्यक्रममा स्थानीय स्तरमा निर्माण भएका हस्तकलाका सामाग्री ढकिया ,काठको ठेकि ,वास बाट बनेका घडि मुढा, मन्दिर , गुडिया चप्पल , सारङ्गि बाजा, ट्यामकुली, लगायतका सामाग्रिहरु प्रदर्शनिका लागि राखिएको थियो ।

४० जना उद्यमीहरूको उपस्थिति रहेको क्याम्पको सहजीकरण तुलसीपुर उपमहानगरपालिका उद्योग शाखा प्रमुख रेवा रावतले गर्नु भएको थियो ।

तुलसीपुर उपमहानगरपालिका, ग्रिन फाउण्डेसन नेपाल, सामुदायिक वन उपभोक्ता महासंघ, फेयर ट्रेड गुरुप नेपाल लगायतका विभिन्न संघसंस्थाको संयुक्त आयोजनामा बुट क्याम्प गरिएको थियो ।

तपाईंको प्रतिक्रिया