अनेरास्ववियु रोल्पा-काठमाडौ सम्पर्क कमिटी चयन

 फागुन १९, २०७८

भुवन केसी,रोल्पा । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु रोल्पा काठमाडौ सम्पर्क कमिटिको पाचौं अधिवेशन बुधवार सम्पन्न भएको छ । उक्त सम्मेलनले भिम वलिको अध्यक्षतामा १३ सदस्यीय कमिटी सर्बसम्मत रुपमा चयन गरेको छ । जसको उपाध्यक्षमा थुम्बा पुन मगर ,सचीवमा लक्ष्यमण वलि ,सह-सचिवमा निका घर्ती मगर ,कोषाध्यक्षमा रमेश घर्ती मगर सदस्यहरुमा प्रदिप घर्ती मगर ,रबिन घर्ती मगर ,निकान्त घर्ती मगर त्रिपूरा डागी रविन भण्डारी राजकुमारि भण्डारी नेहासारु मगर उत्सव शर्मा रहनु भएको छ ।

कार्यक्रममा प्रमुख अतिथिको रूपमा नेकपा एमाले पोलिट्ब्युरो सदस्य गोकुल घर्ति,विशिष्ट अतिथी अनेरास्ववियु केन्द्रीय कमिटी सचिवालय सदस्य एबम सम्पर्क कमिटी उप-प्रमुख बिजय घिमिरे,अतिथिमा सचिवालय सदस्य आकाश घर्ती लगायतको सहभागीता रहेको थियोे ।

कार्यक्रमको सहजीकरण गौरव डागिले गर्नुभएको थियोे ।

तपाईंको प्रतिक्रिया