पल प्रकरण: नाबालिगको पक्षमा प्रियङ्का

 फागुन १९, २०७८

काठमाडौँ । नयिका प्रियङ्का कार्कीले नाबालिगले ‘म पीडित हुँ’ भन्दा, उनको चरित्र माथि नै प्रश्न चिन्ह उठाउनु एउटा जिम्मेदार समाजको काम हुनै नसक्ने बताएकी छिन ।उनले सामाजिक सञ्जालमा भेट्दै नाबालिगहरू निर्णय लिन सक्ने क्षमता नराख्ने र तिनको संरक्षण सभ्य समाजको उत्तरदायित्व भएको बताएकी छिन्।

म पीडित हुँ भन्न मात्र पनि ठुलै हिम्मत बोकेर आउनुपर्ने बताउँदै उनले नाबालिगको हकमा उमेर १८ वर्ष उमेर तोक्नु नेपालमा मात्र नभएर विश्वमै प्रचलन रहेको भन्दै उमेर नपुगेकाहरूको निर्णय क्षमतालाई हेरेर उमेर तोक्नु समान्य रहेको उल्लेख छ।

उनले कुन प्रसङ्गमा यो स्ट्याटस राखेको खुलाएकी छैनन्। तर नाबालिगको बलात्कारको आरोपमा कलाकार पल शाह अहिले प्रहरी हिरासतमा रहेकाले उनले यो धारणा यही प्रसङ्गमा राखेको देखिन्छ।

उनको स्ट्याटस

तपाईंको प्रतिक्रिया