अनुसन्धानका लागि पल बिरुद्ध १२ दिनकाे म्याद थप

 फागुन २२, २०७८

काठमाडौँ । नाबालिगको बलात्कारको आरोपमा जिल्ला प्रहरी कार्यालय तनहुँको हिरासतमा रहेका अभिनेता पल शाहको हिरासत अवधि १२ दिन बढेको छ। प्रहरीले अनुसन्धान नसकिएकाले म्याद थपका लागि जिल्ला अदालत तनहुँमा आइतबार पेस गरेको थियो।

पहिलो पटक सात दिनको म्याद थप भएको थियो। अनुसन्धानको प्रक्रिया अझैँ बाँकी रहेको भन्दै प्रहरीले १२ दिन म्याद पाउन आग्रह गरे अनुसार अदालतले थप १२ दिनको म्याद थपेको हो। अब पल शाह थप १२ दिन प्रहरी हिरासतमा बस्नुपर्ने छ।

तपाईंको प्रतिक्रिया