पशु विज्ञान तेस्रो बर्षका विद्यार्थीलाई विदाई
तुलसीपुर । तुलसीपुर उपमहानगरपालीका वडा नम्बर ११ मा रहेको अमर माध्यमिक विद्यालय उरहरीमा विदाई कार्यक्रम सम्पन्न भएको छ । प्राविधिक धारको पशु विज्ञान तर्फ तेस्रो बर्षको परीक्षा दिएका विद्यार्थीलाई विदाई गरिएको हो । दोस्रो बर्षका विद्यार्थी अजय कुमार धोबीको अध्यक्षता तथा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष खुसीराम चौधरीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि चौधरीले नतिजा नआउदा सम्मको खाली समयलाई सदुपयोग गर्नुपर्नेमा जोड दिनुभएको थियो । उहाले समय अनुसारको सिपयुक्त शिक्षालाई आत्मनिर्भरको बाटोमा अघि बढाउनुपर्ने बताउनुभएको थियो । कार्यक्रमका विशिष्ठ अतिथि पुर्व प्रधानाध्यापक तथा निवृत्त शिक्षक पदम प्रसाद न्यौपानेले प्राविधिक धारको सम्बन्धन ल्याउन थुप्रै मेहनत गर्नुपरेको स्मरण गर्नुभएको थियो । विद्यालयमा क्याम्पस स्थापनाको लागी महोत्सव सञ्चालन गरिएपनि त्यसको सम्भावना नहुदा प्राविधिक कक्षाको अनुमति ल्याएको बताउनुभएको थियो ।

कार्यक्रममा शिक्षक अभिावक संघका अध्यक्ष लिलाधर डाँगीले सिक्ने र सिकाउने कुरा निरन्तर चल्ने भएकोले विद्यार्थीले त्यस तर्फ क्रियासिल हुनपर्ने बताउनुभएको थियो । विद्यार्थी भिमराज बस्नेतको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा प्रधानाध्यापक पदम बहादुर वली, प्रशिक्षक डाक्टर विधान पोख्रेल, विद्यालय ब्यवस्थापन समितिका सदस्यहरु होताराम बस्नेत,विमला केसी, विद्यार्थीहरु देवराज आचार्य,गजेन्द्र न्यौपाने, सुनिता बुढाथोकी, घनश्याम वली लगायतले मन्तव्य ब्यक्त गरेका थिए ।
कार्यक्रममा विद्यार्थीलाई खादा,माला लगाउदै मायाको चिनो प्रदान गरिएको थियो । कार्यक्रमको सहजिरकण विद्यार्थीहरु सीता घर्ति र दामोदर आचार्यले गर्नुभएको थियो ।



तपाईंको प्रतिक्रिया