नवआगन्तुक विद्यार्थीलाई स्वागत

 चैत २५, २०७८


तुलसीपुर । तुलसीपुर – ११ उरहरीमा रहेको अमर माध्यमिक विद्यालयमा पशु विज्ञान प्रथम बर्षमा अध्ययनरत विद्यार्थीलाई स्वागत गरिएको छ । दोस्रो बर्षका विद्यार्थीहरुले नवआगन्तुक विद्यार्थीलाई स्वागत गरेका हुन । विद्यार्थी रोहित कुमार शर्माको अध्यक्षता तथा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष खुसीराम चौधरी प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । प्रथम बर्षमा अध्ययनरत २८ जना विद्यार्थीलाई खादा माला लगाई स्वागत सम्मान गरिएको थियो ।

शिक्षक नारायण प्रसाद भण्डारीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा शि.अ.संघका अध्यक्ष लिलाधर डाँगी, प्रधानाध्यापक पदम बहादुर वली, वि.ब्य.स.सदस्य होताराम बस्नेत, प्रशिक्षकहरु डा.छविकिरण अधिकारी,डा.विधान पोख्रेल,निर्मल कुमार वली लगायतले बोल्नुभएको थियो । कार्यक्रमको सहजिकरण विद्यार्थी पुष्पकोमल खत्रिले गर्नुभएको थियो ।

कार्यक्रममा विविध प्रतियोगितामा प्रथम,द्धितिय र तृतीय भएका विद्यार्थीहरुलाई पुरस्कार समेत वितरण गरिएको थियो । त्यस अवसरमा सास्कृतीक प्रस्तुती राखिएको थियो ।

तपाईंको प्रतिक्रिया