भानु आधारभुत विद्यालयमा शैक्षिक सामग्री बितरण

 चैत २७, २०७८

रोल्पा । रोल्पा रुन्टिगढि गाउपालिका वडा नम्बर ८ मगरगोरिमा अबस्थित श्री भानु आधारभुत बिद्ययालयमा एक कार्यक्रम गरि बाल बिकाश केन्द्र ( सिसु ) का १२ विद्यार्थी सहित कक्षा १, २,३ र ४ का ११० विध्यार्थि लाई शैक्षिक सामाग्री बितरण गरिएको छ । अनलाइन टि भि पत्रकार संघ दाङ जिल्लाका सचिब एच. आर. मगर को पहलमा साउदि मा रहनुभएका बेगम पुनले पठाउनु भयकाे ५० हजारबाट उक्त बिद्यालयका आधरभुत बिकाश केन्द्र ( सिसु ) कक्षा ,३ र ४ कक्षाका विद्यार्थीहरु लाई स्कुल झोला र कक्षा १ र २ का विद्यार्थी लाई कपि कलम गरि करिब ५० हजार बराबर सहयोग गर्नु भएको हो । बिध्यलय का प्रधानाध्यापक टेकेन्द्र घर्तिको अध्यक्षता तथा गाउँपालिका वडा नम्बर ८ का वडा अध्यक्ष भिम ब. पुन को प्रमुख अतिथित्यमा कार्यक्रम सम्पन्न भएको थियाे । कार्यक्रम मा शिक्षिका दिपा बुढा मगरले स्वागत मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रममा अनलाइन टिभि पत्रकार संघ दाङ जिल्लाका सचीव एच. आर. मगरले दुर्गम क्षेत्रमा रहेको स्कुलमा आफु स्वयंम आएर सहयोग गर्न पाउदा निकै खुशी भएको र कार्यक्रम बाटै सहयोग पठाउने बेगम पुन लाई पनि विशेष धन्यवाद दिएका थिए । त्यस अवसरमा बिद्यालय का सुचना अधिकृत टिकाराम बुढाथोकी , अम्बर बहादुर बहकरि, कृष्ण ब. साहु, तुलसी पुन, बोम बहादुर पुन, अर्जुन रोका मगर, भानु घर्ति मगर लगाएत अन्य अतिथि हरुले पनि आफ्नो मन्तव्य राखेका थिए । सहयोग स्वरुप कापि, कलम, झोला पाउदा विद्यार्थीहर पनि निकै खुशि र हर्षत भएका थिए भने कार्यक्रमको सन्चालन सञ्चारकर्मि शान्तरामले गरेका थिए ।

तपाईंको प्रतिक्रिया