नेराशि संगठनले शिक्षक दिवश मनायो

 चैत २९, २०७८


तुलसीपुर । नेपाल राष्ट्रिय शिक्षक संगठनले ४३औ शिक्षक दिवश मनाएको छ । गौरवशाली संगठन चुनौतीपुर्ण बर्तमान, गुणस्तरीय शिक्षाको लागी शैक्षिक शुसासन भन्ने नारा सहित तुलसीपुरमा दिवश मनाइएको हो । संगठनका तुलसीपुर अध्यक्ष होमराज डाँगीको अध्यक्षता तथा पेशागत महासंघका दाङका उपाध्यक्ष रमा आचार्यको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो । सो अवसरमा बोल्ने बक्ताहरुले शिक्षण पेशा अझ सृजनात्मक वनाउनुपर्नेमा जोड दिएका थिए । दिवशको अवसर पारी तुलसीपुर,शान्तीनगर र दंगीशरणको शिक्षक संगठनले संयुक्त रुपमा नँया बर्ष २०७९ को शुभकामना आदान प्रदान कार्यक्रमको समेत आयोजना गरेको थियो ।

कार्यक्रममा संगठनका जिल्ला सचिव मिनराज शर्मा, शिक्षक महासंघका सचिव नवराज डाँगी, संगठनका कर्णाली प्रदेश सदस्य धनिराम केसी, बुद्धिजिवि परीषद् दाङका सचिव पदम प्रसाद न्यौपाने, रुद्रमणि शर्मा लगायतले बोलेका थिए । कार्यक्रमको सहजिकरण नगर सचिब निर्मल कुमार वलीले गरेका थिए ।

तपाईंको प्रतिक्रिया