दाङमा बाढीले बगाउँदा एक बालिकाकाे मृत्यु

 बैशाख १९, २०७९

तुलसीपुर । दाङमा बाढीले बगाउँदा एक ब्यक्तीको मृत्यु भएको छ । दाङको बबई गाउँपालिका वडा नंं ४ स्थित चाइकेरे चोकमा रहेको खोलाले बगाउँदा सोही ठाउँका १५ बर्षीय सन्ध्या परियारको मृत्यु भएको छ ।

सोमबार दिउसो परेको अबिरल बर्षादपछि आएको भेलले बगाउँदा गम्भीर घाइते परियारकाे मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले बताए ।

उनका अनुसार उनी जनकल्यान माध्यामिक विद्यालयमा कक्षा १० मा अध्ययनरत हुन् ।

तपाईंको प्रतिक्रिया