थप १९ जनामा कोरोना संक्रमण, १ जनाको मृत्‍यु

 बैशाख २१, २०७९


काठमाडौं । पछिल्लो २४ घण्टामा थप १९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ एकजनाको मृत्‍यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ३७३ जनाको पीसीआर परीक्षणमा १९ जना र १ हजार ४४८ जनाको एन्टीजेन परीक्षणमा ० जना गरी १९ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कोरोनाबाट १८ जना निको भएका छन् भने हाल देशभर २१७ जना सक्रिय संक्रमित रहेका छन् ।

तपाईंको प्रतिक्रिया