मुल्कोट जुम्लेटाकुराबासीले खानेपानी पाउदा…

 बैशाख २६, २०७९

खानेपानी योजना उद्घाटनमा नगर प्रमुख
बसन्त परियार, तुलसीपुर । तुलसीपुरको विकट भनेर चिनिने ४ नम्बर वडा हो । वडाको विकट बस्ती मध्ये एउटा बस्ती हो मुल्कोट । त्यहाका नागरीक बर्षौदेखि खानेपानीको समस्यामा थिए । हरेक विकास निर्माणले पछि परेको उक्त बस्तीमा पुस्तौँ पछि खानेपानी विस्तार भएको छ । घण्टौ समय लगाएर ग्राग्रीको पानी डोकोमा बोकेर दैनिकी चलाउदै आएका त्यस क्षेत्रका बासीन्दालाई खानेपानी पुगेपछि धेरै सहज भएको स्थानिय सुदिप पुन बताउनुहुन्छ ।

विगतका धेरै निर्वाचनमा आश्वासन पाएका थियौं तर स्थानिय सरकारले हाम्रा माग पुरा गर्यो, उहाले भन्नुभयो । हाम्रै पालामा घरमै पानीको धारा सपना जस्तै थियो । खानेपानीको विस्तारल गाउँबासी नै खुशी भएको पुन बताउनुहुन्छ । उक्त खानेपानीबाट झन्डै ३२\३३ घरधुरी लाभान्वित भएका छन् । लिफटिङ प्रविधि मार्फत त्यस बस्तीमा पानी पु¥याईए अहिले बस्ती छाड्ने पनि घटेका छन । पानीकै समस्याले कुनैबेला बसाई नै सार्ने सर्वसाधरणहरुमा कमि आएको पुन बताउनुहुन्छ ।
स्थानिय सरकार वडा कार्यालयबाट सात लाख सहत्तर हजार, उपमहानगरपालिकाबाट आठ लाख सहत्तर हजार र स्थानिय जनश्रमदानबाट लिफ्टीङ योजनाको निर्माण सम्पन्न भएको हो । जसबाट गुरासेमा २० हजार लिटर र पानी मुहानमा १० हजार लिटर क्षमताको पानी टंकी निर्माण गरिएको मुल्कोट टोल विकास संस्थाका अध्यक्ष ऋषिराम पुनले बताउनुभयो । पानी लिफ्ट गर्नका लागी दुई सय पैसठ्ठी वाटको ३१ वटा सोलार पाता समेत जडान गरिएको छ । बषौ देखी खानेपानी नपुगेको विकट बस्तीमा खानेपानी पु¥याएर गाउँको जिवन बदलिएको अध्यक्ष पुनको भनाई छ । उहाले भन्नुभयो – ‘गाउँ विस्थापन भएर छुटेका नाङगो र खाली भएका पहाडमा अब बस्ती फर्किने विश्वास छ’ । यता स्थानिय सरकार प्रमुख वडा अध्यक्ष बालकृष्ण रानाले वडाका अझै केहि स्थानमा खानेपानी समस्या रहेको बताउनुभएको छ । आफुहरुको अथक पहल र सहयोगमा मुल्कोट जुम्लेटाकुरामा पानी पुगेको उहाले बताउनुभयो । निर्वाचित भएर आएपछि वडाको विकासमा लागि परेको बताउदै अझै केहि बस्तीमा खानेपानीको समस्या रहेकोले विस्तार गरिने उहाले बताउनुभयो । हाल एमालेबाट वडाध्यक्ष पदका उम्मेदवार रानाले वडाको मजुवा, खुमखानीमा पानीको समस्या छ, त्यहाको समस्या पनि समाधान गर्न लागेको छु उहाले भन्नुभयो । स्थानिय तहको निर्वाचनमा नगर प्रमुखको उम्मेदवार भएका पुग्नुभएका घनश्याम पाण्डेले उतिवेला खानेपानी बत्ती र बाटोको सपना देखाउनुभएको थियो । सोही प्रतिबद्धता अनुसार नै त्यहा बाटो र पानीको समस्या पुरा गरेको नगर प्रमुख पाण्डेले बताउनुभएको छ । उक्त बस्ती सम्म खानेपानी विस्तार गर्नु जटिलता भएपनि सफल भएको उहाको भनाई छ । उपमहानगरपालिकाले अघि सारेको समृद्धि तुलसीपुरको परिकल्पना अनुसार मुल्कोट जुम्लेटाकुरा गाउँको जिवन फर्काएको उहा बताउनुहुन्छ ।

तपाईंको प्रतिक्रिया