बजेटबारे विद्यालय कर्मचारीकाे सरकारलाई ध्यानाकर्षण

 जेठ १६, २०७९

तुलसीपुर । सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीहरुको माग सम्बोधन नगरिएको प्रति नेपाल विद्यालय कर्मचारी परिषदले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । सरकारले आ.व.२०७९/०८० को बजेटमा विद्यालयमा कार्यरत कर्मचारीहरु प्रति गरिएको विभेदको घोर आपत्ति जनाउदै ध्यानाकर्षण गराएकाे हो ।

नेपाल विद्यार्थी कर्मचारी परिषदका अध्यक्ष गंगाराम तिवारी र महासचिव शान्तिनाथ योगीले बजेट बारे प्रेस विज्ञप्ति जारी गर्दै बजेटले कर्मचारीमा निराशा छाएको हुदा माग सम्बोधन नभए अान्दोलनमा जाने चेतावनी दिएकाे छ । परिषद्ले नेपाल सरकार र शिक्षक महासंघ बीच भएको सम्झौता कार्यान्वयन नभएकोमा अापत्ति समेत जनाएको छ । साथै अहिलको विषम परिस्थितिमा गम्भिर छलफल गरी उचित निकास निकाल्न परिषदले विज्ञप्ति मार्फत नेपाल सरकारलाई आग्रह समेत गरेको छ ।

सरकारले हिजो प्रस्तुत गरेको आ.व. २०७९/०८० को बजेट मार्फत शिक्षक र राष्ट्रसेवक कर्मचारीको खाइपाई आएको तलबमा १५ प्रतिशतले बृद्धि गरेको थियो भने विद्यालयमा कार्यरत कर्मचारी विषयमा भने कुनै कार्यक्रम समावेश गरेको छैन ।

तपाईंको प्रतिक्रिया