विद्यालय कर्मचारी र वालकक्षा शिक्षककाे तलवबारे महासङ्घकाे ध्यानाकर्षण

 जेठ १७, २०७९


तुलसीपुर । सामुदायिक विद्यालयमा कार्यरत कर्मचारी र बालबिकास शिक्षककाे माग सम्बोधनका लागि शिक्षक महासङ्गले ध्यानाकर्षण पत्र बुझाएको छ । सरकारले आ.व.२०७९/०८० को बजेटमा विद्यालयमा कार्यरत कर्मचारी र वालकक्षा शिक्षकहरु प्रति गरिएको विभेदको घोर आपत्ति जनाउदै ध्यानाकर्षण गराएकाे हो ।

महासङ्घका अध्यक्ष कमला तुलाधर र महासचिव लक्ष्मि किशोर सुवेदीद्वारा जारी ध्यानाकर्षण पत्रमा सङ्घिय सरकारबाट तलब निकाशा हुनुपर्नेमा जाेड दिइएको छ । साविकको लेखापालकाे तलव रु.२०५००। सहयोगी कर्मचारी र बालकक्षाकाे तलव रु. १५०००/ मा हाल बृद्वि भएको तलव निकाशा गर्ने माग सहित ध्यानाकर्षण पत्र बुझाएको कर्मचारी परिषद्का अध्यक्ष गङ्गाराम तिवारीले जानकारी दिए ।

सरकारले प्रस्तुत गरेको आ.व. २०७९/०८० को बजेट मार्फत यी मागहरु सम्बाेधनकाे लागि अाज अर्थमन्त्री जनार्दन शर्मालाई महासङ्घकाे टाेलिले उक्त पत्र बुझाएको हाे ।

यस्तो छ ध्यानाकर्षण पत्र

तपाईंको प्रतिक्रिया