नवनिर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान

 जेठ २०, २०७९

तुलसीपुर । तुलसीपुर उपमहानगरपालीका वडा नम्बर ११ मा रहेको अमर माध्यमिक विद्यालयले नवनिर्वाचित जनप्रतिनिधिहरुलाई बधाई तथा सम्मान गरेको छ । विद्यालयका अध्यक्ष खुसीराम चौधरी वडा नम्बर १२ मा र पूर्व अध्यक्ष मानबहादुर रावत वडा नम्बर ११ को अध्यक्षमा निर्वाचित भएको हुदा विद्यालयले सम्मान गरेको हो ।

विद्यालय ब्यवस्थापन समितिका सदस्य होताराम बस्नेतको अध्यक्षता तथा शिक्षक अभिभावक संघका अध्यक्ष लिलाधर डाँगीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । त्यस अवसरमा बोल्दैे नवनिर्वाचित अध्यक्ष खुसीराम चौधरीले शैक्षिक सुधारको लागी आवस्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । उनले सामुदायिक विद्यालयको अवस्था सुधारका लागी राज्य मात्रै नभएर सबै जिम्मेवार भएर अघि बढ्नुपर्नेमा जोड दिएका थिए । विद्यालयका शिक्षक यज्ञ बहादुर अधिकारीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा वडा नम्बर १२ का अध्यक्ष चौधरी, ११ नम्बर वडाका सदस्यहरु कमला चौधरी, प्रभा परियार,यज्ञ बहादुर बस्नेत र तिलकराम थारुलाई फुलमाला र खादा लगाई सम्मान गरिएको थियो । विद्यालयका प्रधानाध्यापक पदम बहादुर वली लगायतकाले शुभकामना मन्तव्य राखेकाे कार्यक्रमकाे सहजिकरण शिक्षक निर्मल कुमार वलीले गरेका थिए ।

तपाईंको प्रतिक्रिया