सुत्केरी बिदा ९८ दिन लिन पाउने व्यवस्था गर्न आग्रह

 जेठ २५, २०७९

काठमाण्डाै ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले महिला कर्मचारीलाई ९८ दिन तलबसहितको सुत्केरी बिदा पाउने व्यवस्था गर्न सरकारी, निजी तथा गैरसरकारी सङ्घ–संस्थाहरूलाई आग्रह गरेको छ । 

मन्त्रालयले आज बुधवार सूचना निकालेर महिला कर्मचारीले नियमअनुसार पाउनुपर्ने बिदा नपाएको गुनासो आएको भन्दै बिदाको व्यवस्था कडाइका साथ पालना गर्न भनेको हो । 

मन्त्रालयलले निकालेको सूचनामा सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन २०७५ को दफा १३ मा निजी सरकारी गैरसरकारी सङ्घ–संस्थामा कार्यरत महिला कर्मचारीलाई सुत्केरी हुनुअघि वा पछि कम्तीमा ९८ दिनसम्मको तलबसहितको प्रसूति बिदा पाउने व्यवस्था छ रहेको उल्लेख छ । 

तपाईंको प्रतिक्रिया