तुलसीपुरमा १६ हजार बालबालिकालाई खाेप प्रदान

 असार १२, २०७९

तुलसीपुर । तुलसीपुरमा आज ७ हजार २ सय ६७ बालबालिकालाई कोरोना विरुद्धको खोप प्रदान गरिएको छ । १९ ओटै वडामा रहेका विद्यालयबाट ५ बर्ष देखि १२ बर्ष मुनीका बालबालिकालाई कोरोना विरुद्धको फाईजर खोप प्रदान गरिएको जनश्वास्थ्य निरिक्षक बिमल केसीले जानकारी दिएका छन ।

आज १९ ओटा खोप केन्द्रबाट ७ हजार २ सय ६७ जनालाई खाेप प्रदान गरिएको केसीले जनाएका छन। बिहान ११ बजे देखि ४ बजे सम्म खोप कार्यक्रम सञ्चालन गरिएको थियो । यो सँगै तुलसीपुरमा ३ दिनमा ५ बर्ष देखि १२ बर्ष मुनीका १६ हजार ५१ जना बालबालिकालाई कोरोना विरूद्धको पहिलो खोप प्रदान गरिएको छ। भोलि पनि सबै वडाहरुका बाँकी विद्यालयमा खोप कार्यक्रम सञ्चालन हुने छ । खोप कार्यक्रम १५ गते सम्म सञ्चालन हुने छ ।

तपाईंको प्रतिक्रिया