उत्कृष्ट गीतकारको अवार्ड प्रहरी निरीक्षक ‘भूपेन्द्रलाई’

 असार १३, २०७९

तुलसीपुर । दाङ तुलसीपुर निवासी प्रहरी निरीक्षक भूपेन्द्र बुढाथोकीले दोस्रो राष्ट्रिय ब्राण्ड म्युजिक अवार्ड जितेका छन् । उनले अवार्डको आधुनिक गीत तर्फको उत्कृष्ट गीतकारको अवार्ड जितेका हुन् । आइतबार राष्ट्रिय नाचघर जमल काठमाडौंमा भएको अवार्ड कार्यक्रममा गीतकार बुढाथोकीले धोकामाथि धोका’ गीतबाट आधुनिक नवगीतकार विधामा अवार्ड जितेका हुन् ।

हाल राष्टिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा प्रहरी निरीक्षकको तालीममा रहेका बुढाथोकीले यस अघि फुल भनौं जिन्दगीलाई’ गीतबाट नव गीतकारमै पहिलो म्युजिक अवार्ड जितेका थिए । २०७३ सालमा प्रहरी सेवामा प्रवेश गरेका बुढथोकीले गीत लेखनमा पनि निरन्तर दिइरहेका छन् । उनका हामी नेपाल प्रहरी,डाडापारी मेरा माया, अब खुसी लगायतका गीतहरु चर्चित छन ।

https://www.youtube.com/watch?v=o0k0yxXX9dM

तपाईंको प्रतिक्रिया