चट्याङ लागेर एक किशोरीको मृत्यु
तौलिहवा । कपिलबस्तुमा धान रोप्ने क्रममा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा शिवराज नगरपालिका –२ बालापुर बस्ने १९ वर्षीया सुशिला थारु रहेको जिल्ला प्रहरी कार्यालय कपिलबस्तुका प्रहरी नायब उपरीक्षक जेशी शाहले बताउनुभयो ।
आफ्नो खेतमा धान रोप्ने क्रममा अचानक चट्याङ परेपछि घाइते हुनु भएकी थारुको संजिबनी सामुदायिक अस्पतालमा उपचारको क्रममा आज मृत्यु भएको प्रहरी नायब उपरीक्षक शाहले बताउनुभयो ।
तपाईंको प्रतिक्रिया