विद्यालय कर्मचारी परीषद्ले दोस्रो चरणको आन्दोलन गर्दै

 असार १९, २०७९

काठमाडौं । नेपाल विद्यालय कर्मचारी परिषद्ले दोस्रो चरणको आन्दोलनको तयारी थालेको छ । अहिलेको बजेटमा कर्मचारीको तलब सुविधा लगायतका विषयमा सरकारले चासो नदेखाएको भन्दै उनिहरु आन्दोलन गर्ने चेतावनि दिएका छन।

शनिबार हेटौडामा बसेकोकेन्द्रीय सदस्य सहित जिल्ला अध्यक्ष र प्रदेश अध्यक्ष सहित बसेको बैठकले दोस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गर्ने निर्णय गरेको हो । कर्मचारीका समस्याका बारेमा पटक पटक छलफल भएपनि समाधान गर्न तर्फ सरकारले ध्यान नदिएको भन्दै आन्दोलन गर्नुको बिकल्प नभएको लुम्बिनी प्रदेश अध्यक्ष गोविन्द जिसीले जानकारी दिएका छन । जस अनुसार केन्द्रीय सदस्य सप्तरीका बबन कुमार मिश्रको संयोजकत्वमा गठित ११ सदस्यीय समितीले आन्दोलनका कार्यक्रम घोषणा गर्ने अध्यक्ष जिसीले बताएका छन ।

केन्द्रीय अध्यक्ष अध्यक्ष गंगाराम तिवारीको अध्यक्षतामा बसेको बैठकले विगतको आन्दोलनको समिक्षा समेत गरेको छ । त्यसैगरी २०७९ असोजमा राष्ट्रिय परिषद गर्ने लगायतका निर्णयहरु गरेको छ ।

तपाईंको प्रतिक्रिया