प्रधानमन्त्री देउवाद्वारा मन्त्रीपरिषद् हेरफेर

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रीपरिषद् हेरफेर गरेका छन्। जनता समाजवादी पार्टी (जसपा)बाट सरकारमा गएको तीन मन्त्री परिर्वतन भएका भएका हुन् ।
प्रधानमन्त्रीले वन मन्त्रीमा प्रदीप यादव, भौतिक पूर्वाधार तथा यातायात मन्त्रीमा मोहम्मद इस्तियाक राई र मृगेन्द्र सिंह कृषि तथा पशुपन्छी विकास मन्त्रीमा नियुक्त गरेका छन् ।
जसपाबाट सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठलाई भने कायमै राखेका छन्। नयाँ मन्त्रीलाई आजै शपथ ग्रहणको तयारी गरिएको जनाएको छ ।
कृषि मन्त्री महिन्द्रराय यादव, भौतिक पूर्वाधार मन्त्री रेणु यादव र वन मन्त्री राम सहाय यादवलाई जसपाले सरकारबाट फिर्ता बोलाइएको थियो ।
यसअघि एकीकृत समाजवादी पार्टीले पनि आफ्नो पार्टीबाट सरकारमा गएका मन्त्री परिवर्तन गरेको थियो।
तपाईंको प्रतिक्रिया