एसइई नतिजा अबको एकसातामा प्रकाशित हुने

 असार २२, २०७९

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा.महाश्रम शर्माले यही असार मसान्तभित्र माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा प्रकाशित हुने बताएका छन् । उत्तरपुस्तिका परीक्षणदेखि सबै प्रक्रिया लगभग पूरा भइसकेको जानकारी दिँदै उनले यही महिनाको अन्तिममा नतिजा सार्वजनिक गर्ने जानकारी दिएका हुन् ।

बोर्डका अनुसार करिब ५ लाख विद्यार्थीले परीक्षा दिएका छन् । यसअघिका दुई वर्ष कोभिड-१९ महामारीका कारण आन्तरिक मूल्यांकनबाट नतिजा प्रकाशित भएको थियो । परीक्षा बोर्डले एसइईको नतिजा प्रका शन गर्न इच्छुक संघ संस्थाहरूसँग आवेदन माग गरिसकेकाे छ । बोर्डले सोमबार एक सूचना प्रकाशित गरी असार २६ गतेभित्र आवेदन दिन इच्छुक संघ संस्थाहरूलाई आग्रह गरेको हो ।

तपाईंको प्रतिक्रिया