जेसिजले गरेकाे शिविरमा १ सय बढीले आखा जाँच गराए

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ मा रहेकाे आधारभुत विद्यालय कटाहामा नि:शुल्क आखा जाँच शिबिर कार्यक्रम सम्पन्न भएको छ । तुलसीपुर नगर जेसिजकाे आयाेजना तथा बन्जाडे आँखा क्लिनिक तुलसीपुरको प्राविधिक सहयोगमा शिविर भएको हाे । त्यस अवसरमा विद्यालयमा अध्ययनरत विद्यार्थी,शिक्षक,अभिभावक गरि १६१ जनाले सेवा लिएकाे कार्यक्रम संयोजक जेसी झग्गु प्रसाद भण्डारीले जानकारी दिए ।
ग्रामीण भेगमा निशुल्क रुपमा आँखा सम्बन्धि विशेषज्ञबाट जाँच गराउन पाउँदा स्थानीय खुसि भएका थिए । कार्यक्रमकाे उद्घाटन गर्दै वडाध्यक्ष मान बहादुर रावतले सामाजिक तथा सेवामुलक कार्यमा जेसिजकाे भुमिका महत्त्वपूर्ण रहेको बताएका थिए । यस्ता खालका कार्यक्रमबाट नागरिकले सेवा पाउने र राहतको महशुस गर्ने भएको हुदा निरन्तरता दिन सुझाव दिएका थिए ।
जेसिजका अध्यक्ष केशवराज केसीकाे अध्यक्षता तथा वडाध्यक्ष मान बहादुर रावतकाे प्रमुख आतिथ्यमा शिविर उद्घाटन कार्यक्रम भएको हाे ।
उक्त कार्यक्रमको सहजीकरण तुलसीपुर नगर जेसिज वर्ष २०२२ का महासचिव पुर्णबिक्रम डांगीले गरेका थिए । यस्तै, विद्यालयलाई पानी फिल्टर हस्तान्तरण गरिएको छ । के एन्ड के किचन एप्लाइन्सेसको सौजन्यमा पानी फिल्टर हस्तान्तरण गरिएको हो ।
तपाईंको प्रतिक्रिया