भिडीयो सम्पादनमा जमेका ‘मिलन विश्वकर्मा’

 असार २६, २०७९

नारायण विश्वकर्मा, तुलसीपुर । भनिन्छ सघर्ष नै जिवन हो । जो सघर्ष गर्दै अघि बढ्छ अवस्य एक दिन सफल हुन्छ नै । यसरी कला क्षेत्रमा लाग्ने जोकोहीलाई सफलता नमिल्न सक्छ । जो सघर्षको मैदानबाट नभागी प्रयासरत हुन्छ उस्को लागी सफलता टाढा हुदैन । यस्को उदाहरण बनेका छन दाङ तुलसीपुर ९ बेलुवा निवासी मिलन विश्वकर्मा । उनि पछिल्लो समय म्युजिक भिडीयोको सम्पादनमा जमेका छन । संगीत क्षेत्रको दुनियामा भिडीयो सम्पादन गर्दै आफुलाई चिनाउन सफल भएका छन । यसबाट उनले एक पछि अर्को सफलता पाएका छन ।

कुनै बेला निकै सघर्ष गरेका विश्वकर्मा विगत ८ बर्षदेखि यस क्षेत्रमा छन । अहिले काठमाडौंमा कर्मथलो बनाइ ब्यावसायिक रुपमा जमिसकेका छन । फलस्वरुप केहि समय अघि मात्रै दोस्रो राष्ट्रिय ब्रान्ड म्युजिक अवार्ड २०७८ सर्बोत्कृष्ट भिडियो सम्पादनमा भूपू माया ३ गीत बाट अवार्ड जितेका थिए ।

ब्राण्डरुट इन्टरटेन्मेन्ट प्राली काठमाडौँको आयोजनामा असार १२ गते राष्ट्रिय नाचघर जमल भव्यताका साथ अवार्ड ग्रहण गरेका थिए । विश्वकर्माले यस अघि पनि तिमीलाई हेर्ने बानि पर्यो भन्ने बोलको गीतबाट अवार्ड प्राप्त गरेका थिए । त्यसैगरी २०७७ मा ओए काजल आखी लगाईदे गाजल गितबाट अवार्ड प्राप्त गरेका थिए । आफुलाई प्रविधिमा सानै देखिको रुचि हाल पुरा हुदा उनि खुसी छन ।

जुन सुकै क्षेत्रमा भएपनि आफ्नो रुचि पुरा गर्नका लागी सघर्ष ,परीश्रमको महत्व हुने उनि बताउछन । उनले भिडियो सम्पादन गरेका थुप्रै गित चर्चामा छन ।

तपाईंको प्रतिक्रिया