प्रेमविवशकाे तीज गित ‘नास सारी सरक्क’ ले चर्चा बटुल्दै

 साउन ०९, २०७९

दाङ । लोक गायक तथा संचारकर्मी प्रेमविवश घर्तीको तीजको गित ‘नास सारी सरक्क’ सार्वजनिक भएको छ ।

टिका पुन र गायक घर्तीको आवाजमा रहेकाे तीजको गित बजारमा आइतबार युट्युबमार्फत सार्वजनिक भएको हो । दिपक कुमालको शब्दमा रहेको ‘गितमा गायक घर्ती स्वयंले संगित र आवाज दिनुभएको छ ।

शिव विकको निर्देशनमा रहेकाे गितको म्युजिक भिडियोमा गायक घर्ती, समिता बुढा, अर्जुन सिलवाल र स्थर सुनामले अभिनय गर्नुभएको छ । गीतमा गाउँ घरमा बोल्दा प्रयोग गरिने ठेट भाषा प्रयोग गरिएको छ ।

मारुनी रेकर्डिङ स्टुडियामा रेकर्ड गरिएको गितको म्युजिक भिडियो शिब फिल्मस् युट्युव च्यानलमार्फत सार्वजनिक भएको हो । गित सार्वजनिक भएपछि चर्चा बटुल्न थालेकाे र टिकटक बनाएका छन् ।

२०६२ सालमा रेडियो नेपालबाट स्वर परिक्षा पास गरेर विभिन्न लोक तथा दोहोरो गीत रेकर्ड गर्दै आएका घर्तीले २०७१ साल देखि निरन्तर तीज गीत बजारमा ल्याइरहनुभएको छ । उहाँका प्राय सबै गितहरु चर्चित छन् । भिडियो हेर्नुहोस्

तपाईंको प्रतिक्रिया