विश्वविद्यालयमा तालाबन्दी: परीक्षा सञ्चालनमा समेत समस्या

 साउन १२, २०७९

तुलसीपुर । नेपाल संस्कृत विश्वविद्यालय बेलझुण्डिमा १९ वैशाखदेखि तालाबन्दी गरिएको छ । जस्ले गर्दा परीक्षा सञ्चालन गर्नसमेत समस्या हुन थालेकाे छ । १६ साउनदेखि आचार्य तहको परीक्षा सञ्चालनको तालिका छ । विश्वविद्यालयले रकम सापटी मागेर भएपनि परीक्षा सञ्चालन गर्ने तयारी गरेको छ । पदाधिकारी तथा आर्थिक प्रशासन गरि ४ वटा काेठामा ताला लागेका कारण समस्या भएको छ  । परीक्षाजस्तो अत्यावश्यक कामका लागि समेत बजेट व्यवस्थापन गर्न नसकिएको विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा.डा. भिम खतिवडाले बताए । तालाबन्दीकै कारण शिक्षक–कर्मचारीले समेत तलव बुझ्न नपाएकाे उनले बताए ।

विश्वविद्यालय राजनीतिक अखडा बन्दा समस्या हुन थालेको छ । विश्वविद्यालयमा तालाबन्दी नेविसंघले गरेको हाे । नेविसंघले १४ बुँदे माग राखी ताला लगाएकाे हाे ।

तपाईंको प्रतिक्रिया