बुढाथोकी दम्पतीद्धारा विद्यालयलाई टिभि सहयोग

 साउन १७, २०७९

तुलसीपुर । तुलसीपुर – ११ उरहरीमा रहेको अमर माध्यमिक विद्यालयलाई एक दम्पतीले टिभि सहयोग गरेको छ । जसपुर निवासी समाजसेवि ब्यक्तित्व तेज बहादुर बुढाथोकी र बोधा कुमारी बुढाथोकीले विद्यालयमा टिभि सहयोग गरेको हो । शिशु कक्षाका विद्यार्थीलाई शिक्षण शिकाईमा मद्दत पुगोस भन्ने उद्देश्यले टिभि सहयोग गरेको बुढाथोकीले बताएका छन । आज एक कार्यक्रमका विच विद्यालयलाई बुढाथोकी दम्पतीले ३२ ईन्चको टिभि हस्तान्तरण गरेको हो ।

विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष खुसीराम चौधरी र प्रधानाध्यापक पदम बहादुर वलीलाई टिभि हस्तान्तरण गरिएको हो । सामाजिक कार्य अन्र्तगत बुढाथोकी दम्पतीले सहयोग गरेकोमा विद्यालयले धन्यवाद ब्यक्त गरेको छ ।

तपाईंको प्रतिक्रिया