दाङमा वन मौरीको टोकाईबाट एक जनाको मृत्यु

 साउन २२, २०७९

दाङ । दाङको देउखुरीमा वन मौरी (भिरे) ले टोक्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दाङको राजपुर गाउँपालिका–७ लैबरुवाका ३५ वर्षीय खिमबहादुर कुमाल रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख सुरेश प्रसाद काफ्लेले जानकारी दिए ।

कुमाल शनिबार अपरान्ह ५ बजेको समयमा साथिहरुसँग घर नजिकैको जंगलमा वन मौरी (भिरे) को चाका काट्न गएका थिए ।

सिमलको रुखमा मौरी काट्न चढेका बेला मौरीले टोकेर गम्भीर घाइते भएका खिमबहादुरलाई उपचारका लागि लमही अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक कुमालको शवलाई पोस्टमार्टमका लागि लमही अस्पतालमा राखिएको छ ।

तपाईंको प्रतिक्रिया