विद्यालय कर्मचारी परिषद् आन्दोलित

 साउन २२, २०७९

काठमाडौं । नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समिति आन्दोलित बनेको छ । सरकारले आव २०७९\०८० को बजेटमा सकर्मचारी शिक्षकहरुको तलव बृद्धी गरेपनि विद्यालय कर्मचारीलाई बेवास्ता गरेका कारण आन्दोलीत बनेको परिषद्का अध्यक्ष गंगाराम तिवारीले जानकारी दिए ।

पटक पटकको छलफलमा बजेट कार्यन्वयन पुस्तीकामा तलव बृद्धि भएर आउने आश्वसासन दिएपनि तलवमा हेरफेर नहुदा नराशा छाएको हुदा आन्दोलन गर्न बाध्य भएका अध्यक्ष तिवारीको भनाई छ । यसैविच परीषद्ले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेललाई आन्दोलनको कार्यक्रमको बारे आज जानकारी गराएको छ । शिक्षामन्त्री देवेन्द्र पौडेललाई सो पत्र बुझाईएको हो ।

शिक्षामन्त्रीलाई बुझाइएको उक्त पत्रमा आन्दोलनका कार्यक्रमहरू उल्लेख रहेको परीषद्ले जनाएको छ । परीषद्ले वृद्धि गरिएको १५ प्रतिशत विद्यालय कर्मचारीमा पनि लागु हुनुपर्ने, महंगी भत्ता स्वरूप २ हजार दिनुपर्ने, स्थानीय तहबाट दिने भनिएको ७ हजार रूपैयाँ संघीय सरकारले नै दिनुपर्ने, विद्यालय कर्मचारीको कोटालाई तहगत दबन्दीमा कायम गर्नुपर्ने र विद्यालयमा ६० वर्षसम्म कार्यरत रही अवकाश भएका विद्यालय कर्मचारीलाई तहगत रूपमा निजामती कर्मचारीले पाए सरहको सेवासुविधा दिई सम्मानजनक बिदाई गर्नुपर्ने माग रहेको केन्द्रिय उपमहासचिव डम्बर वलीले जानकारी दिए ।

आन्दोलन अन्र्तगत साउन ३१ गते पत्रकार सम्मेलन गर्ने, देशभरका कर्मचारी जम्मा भई शिक्षा तथा मानव श्रोत केन्द्रमा भदौ १ गते धर्ना दिने, र २ गते तालाबन्दी गरिने कार्यक्रम रहेको आन्दोलन परीचालन समिति लाई उधृत गदै लुम्बिनी प्रदेश अध्यक्ष गोविन्द जिसीले जनाएका छन ।

298060306_1247845985977040_7281518393223133542_n.jpg
297383405_1402677950241599_2874558398938345807_n.jpg

तपाईंको प्रतिक्रिया