दाङमा करेन्ट लागेर एक जनाको मृत्यु

 साउन २२, २०७९

तुलसीपुर । दाङमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । गोरखाको आरुघाट गाउँपालिका वडा नम्बर ४ का २६ वर्षिय कृष्णबहादुर बिकको करेन्ट लागेर मृत्यु भएको हो ।

दंगिशरण गाउँपालिका वडा नम्बर ६ बागरमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रको नयाँ भवनमा मार्बलको काम गर्नेक्रममा आइतबार दिउँसो करेन्ट लागेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक बखतबहादुर शाहीले जानकारी दिनुभयो ।

करेन्ट लागेर गम्भिर घाइते विकको राप्ती प्रादेशिक अस्पतालमा उपचारको क्रममा बेलुका ६ बजेतिर मृत्युु भएको प्रहरीले जनाएको छ ।

तपाईंको प्रतिक्रिया