विष्णु माझीको ‘चरी जेलैमा’ भाग-२ यस्तो छ (भिडियो हेर्नुस् )

 साउन २५, २०७९

बहुचर्चित लाेक गायका विष्णु माझीको यसवर्षको तीज गीत सार्वजनिक भएको छ । लोकदोहोरीकी चर्चित एवं रहस्यमयी गायिका विष्णुले यसवर्ष गतवर्षको हिट गीत ‘चरी जेलैमा’को भाग-२ ल्याएकी हुन् । बुधबार साँझ सार्वजनिक ‘चरी जेलैमा २’ गीतमा विष्णुको एकल स्वर छ । श्रीमान सुन्दरमणि अधिकारीको शब्द÷संगीत, बिनोद बाजुरालीको एरेन्ज रहेको गीतमा महिमा आचार्यको कोरस गायन छ । गीतमा ‘चरी जेलैमा’कै संगीत सुन्न सकिन्छ । केही शब्दहरु समेत गतवर्षकै गीतको प्रयोग गरिएको छ ।
गीतको भिडियोमा यसअघिकै मोडल ललिता पौड्यालकै अभिनय छ । विष्णुमा अधिकांश गीतको भिडियोमा उनै ललिताको अभिनय रहँदै आएको छ । साथमा सुन्दरमणिले अभिनय गरेका छन् ।

तपाईंको प्रतिक्रिया