देशभरका विद्यालय कर्मचारी धर्नामा

 भदौ ०१, २०७९

काठमाडौं । सरकारले आफूहरूसँग पटक–पटक गरेका सहमति उल्लंघन गरेको भन्दै देशभरका विद्यालय कर्मचारी बुधबार भक्तपुरस्थित शिक्षा तथा मानव स्रोत विकास केन्द्र अगाडि धर्नामा बसेका छन् । केन्द्रीय आन्दोलन अन्र्तगत धर्ना दिने कार्यक्रम रहेको परिषद्का अध्यक्ष गंगाराम तिवारीले जानकारी दिए । साथै भदौ २ गते तालबन्दी गर्ने समेत कार्यक्रम रहेको छ ।

परीषद्ले विद्यालय कर्मचारीको तलव वृद्धि हुनुपर्ने, महंगी भत्ता स्वरूप २ हजार दिनुपर्ने, स्थानीय तहबाट दिने भनिएको ७ हजार रूपैयाँ संघीय सरकारले नै दिनुपर्ने, विद्यालय कर्मचारीको कोटालाई तहगत दबन्दीमा कायम गर्नुपर्ने र विद्यालयमा ६० वर्षसम्म कार्यरत रही अवकाश भएका विद्यालय कर्मचारीलाई तहगत रूपमा निजामती कर्मचारीले पाए सरहको सेवासुविधा दिई सम्मानजनक बिदाई गर्नुपर्ने मागहरु अघि सारेको केन्द्रिय सदस्य मित्रलाल शर्माले जानकारी दिए ।

तपाईंको प्रतिक्रिया