आन्दोलनरत विद्यालय कर्मचारीका मागबारे सरकार उदासीन

 भदौ ०५, २०७९

तुलसीपुर । आन्दोलनरत नेपाल विद्यालय कर्मचारी परिषद्ले थप कार्यक्रम तय गरेकाे छ । केन्द्रीय आन्दोलन अन्र्तगत भदौ १ आन्दोलन थालेकाे परिषद्ले ८ गतेसम्म माइतीघर मण्डलामा धर्ना दिने अध्यक्ष गंगाराम तिवारीले जानकारी दिए । यस्तै ९ गते प्रदर्शन गर्ने र १२ गते देखि १८ सम्म विद्यालय बन्द गर्ने भएको छ । यश अघि परिषद्ले शिक्षा विकास तथा मानव श्राेत विकास केन्द्रमा धर्ना र तालाबन्दी गरेको थियाे ।

विद्यालय कर्मचारीको तलव वृद्धि हुनुपर्ने, महंगी भत्ता स्वरूप २ हजार दिनुपर्ने, स्थानीय तहबाट दिने भनिएको ७ हजार रूपैयाँ संघीय सरकारले नै दिनुपर्ने, विद्यालय कर्मचारीको कोटालाई तहगत दबन्दीमा कायम गर्नुपर्ने र विद्यालयमा ६० वर्षसम्म कार्यरत रही अवकाश भएका विद्यालय कर्मचारीलाई तहगत रूपमा निजामती कर्मचारीले पाए सरहको सेवासुविधा दिई सम्मानजनक बिदाई गर्नुपर्ने मागहरु अघि सारेको छ । यी मागबारे पटकपटक छलफलमा सहमति भएपनि कार्यान्वयन नहुदा परिषद् आन्दोलनमा उत्रिएको हाे । विद्यालय कर्मचारीका मागबारे सरकार उदासीन हुदा थप आन्दोलनका कार्यक्रम तय भएको परिषद्ले जनाएको छ ।

तपाईंको प्रतिक्रिया