आन्दोलनरत विद्यालय कर्मचारीलाई शिक्षा मन्त्रालयले वार्तामा बोलायो
तुलसीपुर । शिक्षा विज्ञान तथा प्रबिधि मन्त्रालयले नेपाल विद्यालय कर्मचारी परीषद्लाई बार्तामा बोलाएको छ । भदौ १ देखि आन्दोलनमा उत्रिएको परीषद्लाई आज पत्र लेखेर बार्तामा बोलाएको हो । उपसचिव विदुरराज गिरीद्धारा हस्ताक्षर गरि पठाईएको पत्रमा कर्मचारीका मागहरु समाधान गर्नका लागी छलफलमा बोलाईएको उल्लेख गरिएको छ । साथै आन्दोलनका कार्यक्रम स्थगीत गरि पठनपाठन कार्य अघि बढाउन मन्त्रालयले आग्रह गरेको छ ।
विद्यालय कर्मचारीको आन्दोलन अन्र्तगत आज देखि १८ गते सम्म विद्यालय बन्दको कार्यक्रम रहेको छ । जस अनुसार बन्दको पहिलो दिन आज विद्यालय पुर्ण रुपमा बन्द रहेको परीषद्ले जनाएको छ । साथै वार्ताको प्रक्रिया अघि बढेपनि आन्दोलनका कार्यक्रम भने यथावत रहने परीषद्का महासचिव शान्तीनाथ योगीले जनाएका छन ।


तपाईंको प्रतिक्रिया