विद्यालय कर्मचारीका माग समाधान गर्न शिक्षा मन्त्रालयमा वार्ता हुदै

 भदौ १५, २०७९

तुलसीपुर । शिक्षा विज्ञान तथा प्रबिधि मन्त्रालयमा नेपाल विद्यालय कर्मचारी परीषद् बार्तामा सहभागी हुदै छ। भदौ १ देखि आन्दोलनमा उत्रिएको परीषद्लाई पत्र लेखेर बार्तामा बोलाएको हो । परिषद्ले वार्ता समिति चयन गरि सहभागी हुन लागेकाे वार्ता समितिका सदस्य राम प्रसाद कुमाईले जानकारी दिए । उनका अनुसार बार्ता बिहान ११ बजे देखि सुरु हुनेछ ।

बार्ता टाेलिमा अध्यक्ष गंगाराम तिवारी, महासचिव शान्तिनाथ याेगी, बबन कुमार मिश्र, रामप्रकाश कुमाई र प्रदिप श्रेष्ठ रहेका छन । बार्तामा शिक्षक महासघंकाे समेत सहभागीता हुने छ ।

विद्यालय कर्मचारीले तलव वृद्धि हुनुपर्ने, महंगी भत्ता स्वरूप २ हजार दिनुपर्ने, स्थानीय तहले थप्ने तलव संघीय सरकारले नै दिनुपर्ने, विद्यालय कर्मचारीको कोटालाई तहगत दबन्दीमा कायम गर्नुपर्ने र विद्यालयमा ६० वर्षसम्म कार्यरत रही अवकाश भएका विद्यालय कर्मचारीलाई तहगत रूपमा निजामती कर्मचारीले पाए सरहको सेवासुविधा दिई सम्मानजनक बिदाई गर्नुपर्ने मागहरु अघि सारेको छ ।

विद्यालय कर्मचारीको आन्दोलन अन्र्तगत भदौ १८ गते सम्म विद्यालय बन्दको कार्यक्रम रहेकोमा हाल स्थगन गरेको लुम्बिनि प्रदेश अध्यक्ष गाेविन्द जिसिले जानकारी दिएका छन ।

तपाईंको प्रतिक्रिया