शिक्षा मन्त्रालय र विद्यालय कर्मचारी बिचको छलफल सकियो, फेरि वार्ता हुने

 भदौ १५, २०७९

तुलसीपुर । शिक्षा मन्त्रालय र विद्यालय कर्मचारी परिषद्का बिचको आजको वार्ता सकिएको छ । शिक्षा मन्त्रालय विद्यालय कर्मचारीले उठाएको मागका बारेमा सकारात्मक भएको महासचिव शान्तिनाथ याेगीले जानकारी दिए ।

कर्मचारीका माग समाधानका लागि अर्थ मन्त्रालयसँग छलफल गरेर शिक्षा मन्त्रालयले फेरि वार्तामा बोलाउने भएको छ । विभिन्न माग राखेर आन्दोलन गरिरहेको विद्यालय कर्मचारी परिषद् र मन्त्रालयबीच आज बुधबार शिक्षा मन्त्रालयमै वार्ता भएको हो ।

शिक्षा ऐन २०२८ को संशोधन गरी विद्यालय कर्मचारीलाई दरबन्दीमा समायोजन गरेर एक पटकको लागि प्रक्रिया पुर्‍याई स्वतः स्थायी प्रक्रियामा लगिनुपर्ने, सरकारले पूर्ण सेवासुविधाको ग्यारेन्टी गर्नुपर्ने, विद्यालय कर्मचारी सहायक (लेखापाल) हरूका लागि रू ३४ हजार ७३० मासिक तलब र दुई हजार रूपैयाँ महंगीभत्ता गरी जम्मा रू ३६ हजार ७३० पारिश्रमिक, विद्यालय सहयोगीलाई रू २४ हजार २१० र महंगी भत्ता दुई हजार गरी रू २६ हजार २१० तलब दिनुपर्ने लगायतका माग परिषद्ले अघि सारेकाे छ ।

तपाईंको प्रतिक्रिया