२९ भदौबाट नयाँ नोट साट्न पाईने

 भदौ २१, २०७९

काठमाडौं । आगामी १० असोजमा पर्ने घटस्थापनाको दिनबाट सुरु हुने दसैं, तिहार र छठ पर्वका लागि बैंकहरूले सर्वसाधारणलाई २९ भदौबाट नयाँ नोट सटही सुविधा प्रदान गर्ने भएको छ ।

नेपाल राष्ट्र बैंकले २६ भदौदेखि नै बैंक तथा वित्तीय संस्थाहरूलाई नयाँ नोट सटही सुविधा प्रदान गर्नेछ । त्यसपछि बैंकहरूले सर्वसाधारणका लागि २९ भदौबाट नयाँ नोट सटही सुविधा प्रदान गर्ने भएका हुन् ।

गत वर्ष जस्तै यो वर्ष पनि सर्वसाधारणले प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँसम्मका नयाँ नोट सटही सुविधा पाउनेछन् । बैंक तथा वित्तीय संस्थालाई भने राष्ट्र बैंकले २ देखि ५ करोड रुपैयाँसम्मको नयाँ नोट सटही सुविधा दिने राष्ट्र बैंकले जनाएको छ ।

तपाईंको प्रतिक्रिया