राष्ट्रिय परिचयपत्र दर्ता: तुलसीपुर -११ मा साविक ३ नम्बरको दर्ता जारी

 भदौ २६, २०७९

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाका विभिन्न वडामा बुधबारदेखि सुरु भएको राष्ट्रिय परिचयपत्रको लागि विवरण दर्ताको काम जारी छ । यसैक्रममा वडा नम्बर ११ ले दर्ताको कामलाई निरन्तरता दिएकाे वडा सचिव लक्ष्मी रानाले जानकारी दिएकि छिन । उनका अनुसार शुक्रवार देखि सुरु भएको दर्ताको काम अहिले पनि साविकको वडा नम्बर ३ काे भैरहेको छ। वडामा भिडभाड बढि हुने भएकोले साविकका वडागत रुपमा दर्ता गर्ने भनिएको थियोे । तर एक जनाकाे दर्ता गर्दा बढि समय लाग्ने र कर्मचारी अभावले निर्धारित मितिमा वडागत अनुसार दर्ता नहुने वडा सचिव रानाले जनाएकी छिन ।

यस अघि २६ र २७ गते वडा नम्बर ५,२८ र २९ गते वडा नम्बर ६, ३० र ३१ गते वडा नम्बर ७, असोज १ र २ गते वडा नम्बर ८, ३ र ४ गते वडा नम्बर ९ को दर्ता गरिने सुचना मार्फत जानकारी दिईएकाे थियोे । तर अब साविक वडा नम्बर ३ काे सकिए पछि मात्रै अर्को वडाको दर्ताको काम हुनेछ ।

यसैविच वडाध्यक्ष मान बहादुर रावतले दर्ता प्रक्रिया ढिलाे हुने हुदा पुर्व सुचना अनुसार वडागत रुपमा दर्ताकाे काम हुन नसकेको बताए । वडाका बासिन्दालाई आफ्नो पालाे अनुसार राष्ट्रिय परिचयपत्र दर्ता गराउन उनले आग्रह गरेका छन ।

तपाईंको प्रतिक्रिया