उरहरीमा डिप बाेरिङ निर्माण हुदै

 भदौ २८, २०७९

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ उरहरीमा डिप बाेरिङ निर्माण हुन लागेको छ । वृहत दाङ उपत्यका सिचाइ आयोजनाकाेसिचाइ आयोजनाकाे लागतमा बाेरिङ निर्माण हुन लागेको हाे । यो योजनाबाट ३० बिघाह जमिनलाई सिचाइ गर्न सकिने छ । सिचाइ अभावमा खेतिपातिकाे समयमा सास्ती पाउदै आएका किसानले बाेरिङ निर्माणले राहत हुने महशुस गरेका छन ।

यसैबीच उक्त याेजनाकाे वडाध्यक्ष मानबहादुर रावतले शिलान्यास गरेका छन । त्यस अवसरमा बाेल्दै वडाध्यक्ष रावतले जनताको चाहना अनुसार विकास निर्माणलाई प्राथमिकता दिएकाे बताएका थिए । उनले वडाका अरु तीन स्थानमा यसरी बाेरिङ निर्माण भएको बताएका थिए । साथै तत्कालीन आयाेजना प्रमुख राजु आचार्यलाई वडामा सिचाइ पाेखरि तथा बाेरिङ निर्माणका लागि सहयाेग गरेकाेमा उनले धन्यवाद ब्यक्त गरेका थिए ।

यस याेजनाकाे पहिलाे चरणको कामकाे लागि नीर एण्ड नागार्जुन जेभिले १८ लाखमा ठेक्कामा लिएको सिचाइ आयोजनाका सुचना अधिकारी शान्तराज गाैतमले जानकारी दिएका छन । नीर एण्ड नागार्जुन जेभिले यस आवमा दाङ उपत्यकामा १७ वटा डिप ट्युबवेलकाे फष्ट फेज( ड्रिलगर्ने र कम्प्रेसरले सफा गर्ने ) काम गर्ने सुचना अधिकारी गाैतमले बताएका छन । उनका अनुसार तुलसीपुरमा ९ वटा र वडा नम्बर ११ मा मात्रै ४ वटा निर्माण हुनेछन । साथै फष्ट फेजकाे काममा सफल भएका डिप ट्युबवेलकाे दाेस्राे र तेस्रो फेजकाे काम गर्न यसै आवमा टेन्डर गरिनेछ ।

तपाईंको प्रतिक्रिया