कुलाेमा डुबेर एक बालकको मृत्यु

 असोज ०४, २०७९

तुलसीपुर । दाङमा पानीमा डुबेर बालकको मृत्यु भएको छ । लमही नगरपालिका ६ निवासी हरिप्रसाद भण्डारीका ६ बर्षिय छोरा रोहित भण्डारीको नुहाउने क्रममा कुलोमा डुबेर मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ ।

विद्यालय छुट्टि भएपछी स्थानीय देउपुर कुलोमा नुहाउन पुगेका थिए । तर, उनी कुलोमा डुबेर वेपत्ता भएका थिए । खोजतलास गर्ने क्रममा भेटिएका बालकलाई उपचारको लागि तुलसी बाल अस्पताल लमहीम लगिएको थियो । तर, स्वास्थ्यकर्मीले मृत घोषणा गरेका हुन ।

तपाईंको प्रतिक्रिया