‘कला र संस्कृती जोगाउन युवा पुस्ताले चासो दिनुपर्ने’
तुलसीपुर । मगर समुदायको कला र संस्कृती जगेर्ना गर्न युवा पुस्ताले चासो दिनुपर्ने एक कार्यक्रमका सहभागीले जोड दिएका छन । उनिहरुले आफ्नो भेषभुषा र रहनसहन प्रति गर्व गर्नुपर्ने भन्दै सरंक्षणमा एक जुट हुनुपर्ने समेत बताएका छन । नेपाल मगर संघ तुलसीपुर नगर कमिटिद्धारा राप्ती शान्ती उद्यानमा आयोजित बनभोज कार्यक्रमका सहभागीले यस्तो बताएका हुन । नगर कमिटिका अध्यक्ष हरीशचन्द बुढाको अध्यक्षता तथा बृजमान बुढाको प्रमुख आतिथ्यता एवं सल्लाहकार टोप बहादुर घर्तिको विशिष्ठ आतिथ्यमा कार्यक्रम भएको हो ।
कार्यक्रममा बोल्दै विशिष्ठ अतिथि घर्तिले मगर समुदायको कला र संस्कृती उत्कृष्ट रहेकोले जोगाउन तर्फ सबैको ध्यान जानुपर्ने बताए । उनले पहिचान संग जोडिएको हुदा ग्रामीण भेगको उत्पादित मदिरा बजारीकरण गर्न आवस्यक रहेको बताएका थिए ।
त्यस अवसरमा मगर संघ दाङका सचिव राम कुमार घर्ति, पुर्व केन्द्रीय सदस्य बलिभद्र कुसारी मगर लगायतले बोलेका थिए । साथै भैलो कार्यक्रममा साथ दिएको भन्दै कलाकारहरु निता बुढा मगर,डिला थापा र अर्जुन रोका लगायतका लाई नगद तथा सम्मानपत्र सहित सम्मान गरिएको थियो । कार्यक्रमको सहजिकरण नगर सचिव दत्त बहादुर बुढाले गरेका थिए ।




तपाईंको प्रतिक्रिया