दाङ क्षेत्र नं. २ (१) मा कांग्रेसका खनाल विजयी

 मङि्सर ०७, २०७९

घोराही । दाङको निर्वाचन क्षेत्र नं. २ (१) मा नेपाली कांग्रेसका उम्मेदवार राजु खनाल निर्वाचित हुनुभएको छ । नेपाली कांग्रेस लुम्विनी प्रदेशका उपसभापति समेत रहनुभएका गठबन्धनका साझा उम्मेद्वार खनालले एक हजार एक सय ७६ मतको अन्तरले नेकपा एमालेका उम्मेदवार बलिभद्र राना मगरलाई पराजित गर्नुभएको हो ।

बिजयी खनालले १५ हजार ६ सय १६ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिष्पर्धी नेकपा एमालेका रानामगरले १४ हजार ४ सय ४९ मत मात्रै प्राप्त गर्नुभयो । यो निर्वाचन क्षेत्रमा ३७ हजार ८६ मत खसेको थियो । खसेको मत मध्य १ हजार ४ सय ८५ मत बदर भएको थियो । खनाल २०७० सालमा दाङ क्षेत्र नं. ३ बाट दोश्रो संविधानसभा सदस्यमा समेत निर्वाचित हुनुभएको थियो ।

तपाईंको प्रतिक्रिया