पशु विज्ञानतर्फ अध्ययनरत विद्यार्थीलाई स्वागत

 मङि्सर ०९, २०७९

तुलसीपुर । तुलसीपुर – ११ मा रहेको अमर माध्यमिक विद्यालयले स्वागत कार्यक्रम सम्पन्न भएको छ । कृषि पशु विज्ञान तर्फ प्रथम सेमेष्टरमा अध्ययनरत विद्यार्थीलाई स्वागत गरिएको हो । तुलसीपुरमा आयोजित उक्त कार्यक्रममा बोल्नेबक्ताहरुले सिपमुलक शिक्षाले रोजगारको ग्यारेन्टी गर्ने भएकोले यस तर्फ आकर्षण बढेको बताएका थिए ।

दोस्रो सेमेष्टरमा अध्ययनरत विद्यार्थी मधु दाहालको अध्यक्षता तथा विद्यालयका पुर्व प्रधानाध्यापक पदम प्रसाद न्यौपानेको प्रमुख आतिथ्य एवं अप्टिमिष्टका अध्यक्ष मान बहादुर बस्नेतको विशिष्ठ आतिथ्यमा कार्यक्रम भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि न्यौपानेले पढाईले नै जिवनको मार्ग चित्र कोर्ने भएकाले लगनशिल भएर सिकाई हासिल गर्नुपर्ने बताएकाथिए । उनले मेहनत र परीश्रमलेनै सफलता मिल्ने भएकाले विद्यार्थीमा अनुशासन महत्वपुर्ण अगं भएको बताएका थिए । कार्यक्रममा अप्टिमिष्ट क्लवका अध्यक्ष मान बहादुर बस्नेतले सफल जिवन जिउनका लागी शिक्षाको महत्वपुर्ण भुमिका हुने बताएका थिए । उनले असल विद्यार्थीले उद्देश्य र कर्तव्यलाई आत्मसाथ गर्न सके सफलता मिल्ने बताएका थिए ।

विद्यार्थी राहुल महतोको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा प्रथम सेमेष्टरका ३६ जना विद्यार्थीलाई टिका र खादा लगाई स्वागत गरिएको थियो । त्यस अवसरमा शिक्षक अभिभावक संघका अध्यक्ष लिलाधर डागी, प्रधानाध्यापक पदम बहादुर वली, कार्यक्रम संयोजक डाक्टर छविकिरण अधिकारी,प्रशिक्षक डाक्टर आस्था अधिकारी लगायतले बोलेका थिए ।
विद्यार्थीहरुले विभिन्न सांस्कृतिक प्रस्तुती समेत राखेको उक्त कार्यक्रमको सहजिकरण प्रशिक्षक निर्मल कुमार वलीले गरेका थिए ।

तपाईंको प्रतिक्रिया