तुलसीपुरमा सुरु हुने भनिएकाे महोत्सव यसकारण स्थगित भयाे

 मङि्सर १५, २०७९

तुलसीपुर ।

तुलसीपुरमा आजदेखि सुरु हुने भनिएको महोत्सव स्थगित भएकाे छ । महोत्सव बन्द गर्न भन्दै तुलसीपुर उद्योग बाणिज्य संघ, तुलसीपुर चेम्बर अफ कमर्शलगायतका ब्यबसायीक संस्थारुहरुले विरोध जनाएपछि विहीबार बसेको सर्वपक्षिय बैठकले यस्ताे निर्णय गरेकाे हाे ।

यस्तै क्लबले पुन:महाेत्सव सञ्चालन गर्न चाहेमा ब्यापारिक स्टलमा राखिने सामग्रीकाे लिस्ट संघ र च्याम्बरले ताेके बमाेजिम हुने सहमति गरिएकाे छ ।
त्यस्तै तुलसीपुर उपमहानगरपालिकाले कार्यविधि बनाएपछि मात्रै मेला महोत्सव लगाउने पनि सहमति भएको छ । युथ क्लब अफ तुलसीपुरको आयोजनामा महोत्सव सञ्चालन हुन लागेको होे ।

बैठकमा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्का, तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसे, क्लबका अध्यक्ष अरुण लहरेलगायतको सहभागितामा यस्तो सहमति भएको हो ।

तपाईंको प्रतिक्रिया