यी हुन् एमालेबाट समानुपातिक तर्फका सम्भावित सांसद (सूचीसहित)

 मङि्सर २३, २०७९


तुलसीपुर । नेकपा एमालेले समानुपातिकतर्फका सांसदको नाम टुंगो लगाउँदैछ । त्यसका लागि एमालेको सचिवालय बैठक आज बस्दैछ । सचिवालय बैठकले प्रतिनिधिसभामा पठाउने समानुपातिकतर्फका सांसदहरूको नाम टुंगो लगाउने उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

निर्वाचन आयोगले पठाएको सबै क्लस्टर मिलाएर समानुपातिकतर्फका सांसदको नाम टुंगो लगाइने उपमहासचिव ज्ञवालीले बताए । एमालेले प्रतिनिधिसभामा समानुपातिकतर्फ ३४ सिट पाएको छ ।

समानुपातिकतर्फको बन्द सूचीमा रहेका नाम प्राथमिकताका आधारमा सांसद चयनका लागि निर्वाचन आयोगमा पठाइनेछ । पार्टीले नाम पठाएपछि क्लस्टर मिले नमिलेको अध्ययनपछि आयोगले उनीहरूलाई निर्वाचित घोषणा गर्नेछ ।

यी हुन् एमालेबाट समानुपातिकतर्फका सम्भावित सांसदः

खस आर्य (पुरुष/ महिला)

रघुजी पन्त, एकनाथ ढकाल, कुमार दसौंदी, दयालबहादुर शाही, खिमलाल पोखरेल, मेनका पोखरेल, सरिता भुसाल, शोभा ज्ञवाली, बिजुला रायमाझी, निर्मला कोइराला र सम्झना थपलिया

आदिवासी जनजाति (पुरुष/ महिला)

देवीप्रसाद भट्टचन, हेमराज राई, कालुराम राई, भीमबहादुर खवास, सरोज डंगोल, नैनकला थापा, सूर्यकुमारी श्रेष्ठ, उर्मिला थेबे, ईश्वरी घर्ती र रणकुमार बलम्पाकी


दलित (पुरुष/ महिला)

ईश्वरबहादुर रिजाल विश्वकर्मा, प्रभु हजारा दुसाध, रुक्मिणी राना बराइली, हर्कमाया विश्वकर्मा र ईन्दिराकुमारी पन्थी

मधेसी (पुरुष/ महिला)

गंगाप्रसाद यादव, अमृतलाल राजवंशी, विनिता देवी, अमृता अग्रहरी र प्रतिक्षा तिवारी मुखिया

थारु (पुरुष/ महिला)

सत्यनारायण चौधरी र अस्माकुमारी चौधरी

मुस्लिम

रुही नाज

तपाईंको प्रतिक्रिया